एजेन्सी, २६ माघ । स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै कोपा डेल रे कपको फाइनलमा पुगेको छ ।
गएराति भएको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । बार्सिलोना कोपा डेल रे कपको फाइनलमा पुगेको यो लगातार पाँचौं पटक हो । बार्सिलोनाको जितमा काउटिन्हो र राकिटिकले १-१ गोल गरे ।
बार्सिलोनाले भ्यालेन्सियालाई पहिलो लेगमा १–० ले पराजित गरेको थियो । फाइनलमा बार्सिलोनाले सेभिल्लाको सामना गर्ने छ । सेभिल्ला लेगानेसलाई समग्रमा ३–१ ले पराजित गरेर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।