काँग्रेसमा विशेष महाधिवेशनको माग, ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाए हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

काँग्रेसमा विशेष महाधिवेशनको माग, ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाए हस्ताक्षर

काठमाडाैं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको काम गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेन—जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधबार अपरान्ह पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन् ।

नियमित महाधिवेशनको प्रक्रिया नै शुरु नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको पार्टीका नेता गुरु घिमिरले जानकारी दिनुभयो । उहाँले आफूहरुको सो कदम महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रीय कार्य समितिको क्षेत्राधिकार भित्र रहेर अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।

आगामी मंसिर भित्र पार्टीको नियमित महाधिवेशन गराउने कुरामा पार्टी पदाधिकारीबीच एकमत हुन नसकेपछि विशेष महाधिवेशनको काम गर्नुपरेको महाधिवेशन प्रतिनिधिहरुको भनाइ छ ।

Leave a Reply