भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध हो, महत्वपूर्ण अंगहरुको मनोबल गिरेको छः देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध हो, महत्वपूर्ण अंगहरुको मनोबल गिरेको छः देउवा

 काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताउनुभएको छ ।मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । यसको पुष्टि घटनापछि आइरहेका तथ्यहरुले प्रमाणित गरिरहेको बताउनु भयो । उहाँले जेन—जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । जेन जीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्ने बताउनु भयो । यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने बताउनु भयो । यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनु भयो । देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था रहेको बताउनु भयो । सभापति देउवाले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गनुपर्ने र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान गर्नुभयो ।

Leave a Reply