नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको अवस्था कुनैपनि बेला आउनसक्ने बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भदौ २४ गते सिंगो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनशायले सांघातिक आक्रमण भएको बताउनु भयो । घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको बताउनु भयो । आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटो प्रचार गरिएको बताउनु भयो । आफ्नो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्ने बताउनु भयो । सभापति देउवाले पछिल्लो घटनाक्रम देश, पद्धति र पार्टी माथिको आक्रमण भएको बताउनु भयो ।
राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा बेलाबेला यस्ता घटना हुन्छन्: देउवा
ताजा समाचार
झापाकाे पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाकाे अग्रता
२१ मिनेट अघि
काठमाडाैं-६ मा रास्वपाका शिशिर खनाल विजयी
३२ मिनेट अघि
चितवन-३ मा दाेब्बर मतले साेबिता गाैतम अगाडि
४५ मिनेट अघि
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
१ घन्टा अघि
काठमाडाैं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
१ घन्टा अघि




