माओवादीको सिद्धान्त,नीतिमा वैचारिक रुपमा अध्ययन गराउन नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सुरु ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

माओवादीको सिद्धान्त,नीतिमा वैचारिक रुपमा अध्ययन गराउन नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सुरु ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, फाल्गुन ९ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २÷२ जना, जनवर्गिय संगठनका केन्द्रीय अध्यक्षहरु र केन्द्रिय स्कुल विभागका सदस्यहरुको उपस्थिति रहेको छ । ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शिर्ष नेताहरु तथा विषयविज्ञहरुले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । स्कुल विभागले तय गरे अनुरुपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरुलाई दिइने उहाँले बताउनु भयो । पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको उहाँको भनाइ छ ।

केन्द्रिय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरुलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताउनु भयो । पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, माक्र्सवाद, लेनिनवाद र माओवादका आधारभुत सिद्धान्तहरु जनता र कार्यकर्ताहरुमा एकरुपताका साथ लैजान प्रशिक्षण चाहिने उहाँको भनाइ छ । केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने बताउनु भयो । त्यस्तै, विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उहाँको भनाई छ ।

नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरुलाई नेतृत्व तहसम्म पु¥याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरु आवश्यक पर्ने बताउनु हुन्छ । माओवादी केन्द्रले केन्द्रिय समितिमा २० प्रतिशत युवाहरुलाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले माथिल्लो समितिहरुमा पनि युवाहरुलाई भुमिका दिन पार्टीले कोशिस गरिरहेको बताउनु भयो । राजनीतिक दलहरु बैचारिक र व्यवहारिक रुपमा स्खलित हुँदै गएको टिप्पणी भइरहेका बेला दलहरुले आफ्ना दर्शन, कार्यक्रम र सोचहरुलाई साँच्चै नै व्यवस्थित गर्न सके यसले राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पार्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);