‘मिसन ग्रासरुट’का लागि एमाले नेता बन्दिपुरमा | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

‘मिसन ग्रासरुट’का लागि एमाले नेता बन्दिपुरमा

काठमाडौं, १७ फागुन । नेकपा (एमाले)ले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणका साथै अभियानमा निर्धारित कामलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गरिरहेको छ ।

मंगलबारदेखि तनहुँको बन्दिपुरमा सुरु भएको एमाले जिल्ला कमिटी स्तरीय भेलामा प्रशिक्षण दिन पार्टीका उपसचिव प्रदीप ज्ञवाली पुगेका छन् । मंगलबार नेता कार्यकर्ताहरुलाई नेता ज्ञवालीले प्रशिक्षण दिएका थिए । भेलामा जिल्लाका नेताहरुसहित केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । दुई दिने भेला आज सम्पन्न हुनेछ ।

तनहुँ एमालेको फागुन १९, २० र २१ गते पालिका बैठक आयोजना गर्ने, २५ गते जिल्ला सल्लाहकार कमिटीको प्रशिक्षण गर्ने र २६ गते जनसंगठन संयन्त्रको बैठक बसी अभियानको योजना बनाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);