काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको हुन ।
देउवाले आफ्नो स्वास्थ्यका कारण पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी जिम्मेवारी तोकेको बताएका थिए। साथै उनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका खड्काले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास व्यक्त गरे । सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।खड्कालाई कार्यवाहक दिएपछि आगामी बैठक पनि खड्काले नै चलाउनेछन् ।




