कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेपछि सभापतिको कार्यभार उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्कालाई देउवाले पार्टीको कार्यवाहक सभापति तोकेका हुन् ।

देउवा पत्निसहित सिंगापुर तर्फ लागेका छन् । देउवा मंगलबार राति ११ बजे नियमित स्वास्थ्य परिक्षणका लागि श्रीमती डा.आरजु देउवा राणासहित सिंगापुर उडेको देउवाको सचिवालयले जनाएको छ । मंगलबार नै कांग्रेसको भातृ संगठन महिला संघमा ५२ सदस्य थप भएका छन् ।

देउवाले पेटसम्बन्धि समस्याको उपचार सिंगापुरमा गराउँदै आएका थिए । देउवा २÷२ वर्षमा सिंगापुर फलोअपमा जानुपर्नेमा उनी विगत ३ वर्षदेखि गएका थिएनन् । देउवा दम्पत्ति करिब एक साता सिंगापुर बस्ने बुझिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);