राहत सामग्रीको गुणस्तरीयता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

राहत सामग्रीको गुणस्तरीयता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले बिहीवार गरेको राहत व्यवस्थापन सम्बन्धमा विपद् व्यवस्थापनको विभिन्न क्षेत्रमा काम गरिरहेका निकायसँगको छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहिन भए विपद्ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले वितरण गरिने खाद्यान्न र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मिनिरल वाटर वितरण गरेपनि विपद्ग्रस्त क्षेत्रमा पीउने पानी उमालेर प्रयोग गर्नुपर्न सन्देश पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दुषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो ।

 

Leave a Reply