आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

काठमाडाैं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन  चुनौती दिनुभएको छ । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्यूराेमा बयान दिए लगत्तै बुधबार उहाँले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिनुभएको हो ।

नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेन जी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस् ।’

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको दाबी गर्नुभयाे ।

Leave a Reply