पहिराेले अवरूद्ध राजमार्गहरू एकतर्फी सुचारू | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

पहिराेले अवरूद्ध राजमार्गहरू एकतर्फी सुचारू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले मौसममा क्रमिक सुधार हुँदै गएपछि सडकमा यात्रुको चापलाई दृष्टिगत गर्दै उक्त सडकमा आवागमन एकतर्फी रुपमा खुला गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, सङ्केत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधन, काठमाडौँबाट नुवाकोटतर्फ जाने सवारीसाधन र काठमाडौँ दक्षिणकाली हुँदै हेटौंडातर्फ जाने सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो ।

Leave a Reply