हवाइ टिकटमा भाडा नबढाउन नागरिक उड्डयन प्राधिकरणकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८३, बुधवार

हवाइ टिकटमा भाडा नबढाउन नागरिक उड्डयन प्राधिकरणकाे आग्रह

काठमाडाैं । सरकारले दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाइ भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताउनुभएको हो ।

उहाँले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाइ टिकट बिक्री गरी यात्रुहरुलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिनुभयो । हवाइ टिकटको न्युनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्य भन्दा कम मूल्यमा सो टिकट विक्री गर्न सेवा प्रदायक संस्थाहरुलाई भनिएको प्राधिकरणको भनाइ छ ।

त्यसैगरी, प्राधिकरणले चाडपर्वमा हवाइ यात्रुहरुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुहरुले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ । प्राधिकरणका सूचना अधिकारी भुलले दशैँतिहारजस्तो समयमा त्यो संख्या बढेर दैनिक १८ हजारसम्म यात्रुहरु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

ताजा समाचार