प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष बुढाथोकीले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष बुढाथोकीले दिए राजीनामा

सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन, सिन्धुपाल्चोक शाखाका अध्यक्ष किशोर बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । दुई वर्षअघि मेलम्चीमा सम्पन्न छैठौँ अधिवेशनमार्फत् अध्यक्षमा निर्वाचित भएका बुढाथोकीले व्यक्तिगत, पारिवारिक र राजनीतिक कारण देखाउँदै आफ्नो पद छाेडेको घोषणा गरेका हुन् ।

बुढाथोकी १६ वर्षदेखि प्रेस युनियनसँग आबद्ध रहँदै विभिन्न जिम्मेवारीमा सक्रिय थिए । उनी युनियनको कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

उनले कार्यकालभर साथ दिने सहकर्मी र सदस्यहरूप्रति आभार प्रकट गर्दै विगतका कमजोरीबारे क्षमा मागेका छन् । साथै, आगामी दिनमा पनि संगठनका गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको राजीनामापछि प्रेस युनियन, सिन्धुपाल्चोक शाखामा अध्यक्ष पद खाली भएको छ ।

Leave a Reply