प्रधानमन्त्री कार्कीद्वारा पदबहाली गर्दै, आजै मन्त्रिपरिषद् विस्तार हुने | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली गर्दै, आजै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै हुनुहुन्छ । आज बिहान ११ बजेपछि प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो।

नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न सरकारी उच्च कर्मचारीलाई बिहानैदेखि जम्मा भएका छन् । प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ । प्रधानमन्त्री कार्की शुक्रबार बेलुकादेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बस्न थालिसक्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगजनी हुँदा नजलेका र जोगिएका सरसामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ ।

पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँले आजसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । त्यसका लागि पनि आन्तरिक छलफल र भेटघाट चलिरहेको छ । यो प्रकृयामा सघाउन जेन-जीले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् ।

कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइसकेको छ । तर प्रतिनिधि सभा विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

Leave a Reply