जेन जी प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा १४ जनाकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

जेन जी प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा १४ जनाकाे मृत्यु

काठमाडौं । जेन जी आन्दोलनका क्रममा यो समाचार तयार पार्दासम्म १४ जनाले ज्यान गुमाएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने घाइते भएर विभिन्न अस्पतालमा पुर्‍याइएकामध्ये १३ जनाको मृत्यु भएको हाे ।

प्रहरी स्रोतका अनुसार सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भएकाे छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा तीन, सिभिल अस्पतालमा उपचारका क्रममा तीन जना, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक-एक जनाको ज्यान गएको छ ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरूको विवरण आउन सकेको छैन ।

Leave a Reply