आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले यस्ताे निर्देशन दिएको हो ।

बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाइ आन्दोलनका क्रममा उच्च  शतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । जेन जी आन्दोलनका कारण सोमबार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

Leave a Reply

ताजा समाचार