जेन जी आन्दोलन : प्रहरीकाे गाेली लागेर एक प्रदर्शनकारीकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

जेन जी आन्दोलन : प्रहरीकाे गाेली लागेर एक प्रदर्शनकारीकाे मृत्यु

काठमाडौं । जेनजीको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । आन्दोलन अराजकतातर्फ उन्मुख भएपछि प्रहरीले चलाएकाे गोली लागेर एक प्रदर्शनकारीकाे मृत्यु भएकाे हाे ।

आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउनु परेकाे प्रहरी स्राेतकाे भनाइ छ।

घाइते अवस्थामा नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएकाे प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीकाे भनाइ छ। गाेली लागेर घाइते भएका केही प्रदर्शनकारीहरूकाे पनि उपचार भइरहेकाे जनाइएकाे छ ।

Leave a Reply