रौतहटको रोडमा सुटकेशभित्र भेटिएको शवको खुल्यो पहिचान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

रौतहटको रोडमा सुटकेशभित्र भेटिएको शवको खुल्यो पहिचान

काठमाडौँ ।
रौतहटको गौरमा सुटकेश भित्र फेला परेको एक महिलाको शव पहिचान भएको छ । उनी ३५ वर्षीया रुबिकुमारी साह भएको खुलेको हो ।शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो।

उनी रौतहट, माधवनारायण ६ कि हुन् र भारत मुजफ्फरपुरमा विवाह गरेर गएकी हुन् ।बच्चा पढाउन उनी गौरमा डेरा लिएर बसेको र दुई दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन् ।

पति भारतमै बस्ने बुझिएको छ । उनको हत्या भएको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको नायव प्रहरीले जनाएको छ ।शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो ।

 

Leave a Reply