रौतहट । रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट युके१२सी २९०० कार शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ ।
रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु
ताजा समाचार
चीन–आसियान एक्स्पोमा एआई सहकार्य मुख्य आकर्षण
३ घन्टा अघि




