गौर हत्याकाण्डबारे सर्वोच्चको परमादेशपछि सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीको छलफल | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

गौर हत्याकाण्डबारे सर्वोच्चको परमादेशपछि सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीको छलफल

काठमाडौँ ।
गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दिएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग अनौपचारिक छलफल गरेका छन् । २०६३ सालमा गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन सोमवार अदालतले जिल्ला प्रहरी कार्यालय रौतहट र सरकारी वकिलको कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको थियो ।

२७ जनाको हत्या भएको सो घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनाको विभिन्न खाले भूमिका रहेको भनिएको थियो ।सर्वोच्चको परमादेशपछि मंगलबार मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाका प्रमुख हुतराज थापालाई बोलाएर छलफल गरेका हुन् ।

Leave a Reply

ताजा समाचार