उपाधिका लागि न्यू डायमण्ड एकेडेमी र एपीएफबीच प्रतिष्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

उपाधिका लागि न्यू डायमण्ड एकेडेमी र एपीएफबीच प्रतिष्पर्धा हुने

काठमाडाैं, २२ माघ । न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक न्यू डायमण्ड एकेडेमी र एपीएफबीच प्रतिष्पर्धा हुने भएको छ ।

आज भएको खेलमा न्यू डायमण्डले पोखराको टप्स स्कुल र एपीएफले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली न्यू डायमण्डले टप्स स्कुललाई २५–९, २२–२५, २५–१८ र २५–१५ को सेटमा पराजित गरेको हो । आजै भएको अर्को खेलमा एपीएफले त्रिभुवन आर्मीलाई २५–१५, २५–१७ र २५–६ को सोभो सेटमा हरायो ।

मंगलबार न्यू डायमण्ड र एपिएफबीच उपाधिका लागि प्रतिष्पर्धा हुने छ । त्यस्तै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

तीन दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);