रासायनिक मलकाे अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा दीर्घकालीन असर : कृषिमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

रासायनिक मलकाे अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा दीर्घकालीन असर : कृषिमन्त्री

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएकाे हाे ।

मन्त्री अधिकारीले हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको देखाएको बताउनुभयो । कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवर्द्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ ।

मन्त्री अधिकारीले कृषिमा हरित लगानी बढाउने, नवीकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply