संसदको कार्यसूचीमा राखिएका विधेयकहरु हटाइनु गलत : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

संसदको कार्यसूचीमा राखिएका विधेयकहरु हटाइनु गलत : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भइ संसदको कार्यसूचीमा राखिएका विधेयकहरु हटाइनु राम्रो नभएको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै कार्यसूचीका विधेयक हटाउनु नहुने बताउनुभएकाे हाे ।

अध्यक्ष दाहालले समितिमा विचार विमर्श गेर पारित भएका विधेयकहरु सदनको कार्यसूचीमा चढेर हटाइनु राम्रो नहुने बताउनुभयो ।विधेयकहरु समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको उहाँकाे भनाइ छ ।

उहाँले देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाऔँ भन्नुको एउटा कारण सकेसम्म संवेदनशील र महत्वपूर्ण विधेयकहरु छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गर्नुभयो ।

Leave a Reply