काठमाडाैं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरु फास्ट ट्रयाकमै बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद आचार्यले संसदमा विधेयक ल्याउने प्रतिवद्धता गरेका विधेयकहरु चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरु अध्यादेशमार्फत ल्याउनुपर्ने माग गर्नुभयो ।
वर्षौंसम्म कानूनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन नसकिने र नमिल्ने उहाँकाे भनाइ छ।
सांसद आचार्यले कानून पूर्ण रुपमा राम्रो बनाउनुपर्ने बताउँदै छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताउनुभयो ।





