काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना भएको छ । सोमबार प्रतिष्ठानले आफ्नो ६८ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा कविहरुले आफ्नो रचनाहरु सुनाउनुभयो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले अहिलेको समयमा कविता विचार संप्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधाकि शक्तिशाली माध्यम भएको बताउनुभयो । उहाँले विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियारका रुपमा कवितालाई चित्रण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको समयमा कविता विचार संप्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधाकि शक्तिशाली माध्यम हो । विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियार कविता हो । नेपाल प्रज्ञा प्रतिष्ठानले ६ दशक यता कविता महोत्सव गरिरहेको छ । यो ६८ औं वार्षिकोत्सव हो ।’
वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको हाे । जसमा कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेर सुनाउनुभयो ।





