काठमाडौं, २१ माघ । नेकपा एमालेले भारतीय विदेशमन्त्रीको भ्रमणलाई लिएर नकारात्मक टिप्पणी नगर्न आग्रह गरेको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञवालीले छिमेकी राष्ट्रका प्रधानमन्त्रीले दूत पठाएर नयाँ बन्ने सरकारसँग सहकार्य गर्छु भन्ने सन्देश दिनुलाई अन्यथा मान्न नुहुने बताए । ज्ञवालीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भारतीय चाहना अनुसार भएको प्रस्ट पारे ।
नेपालमा आएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गर्न र नयाँ सरकारसँग सहकार्य गरेर अघि बढ्ने सन्देश दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मन्त्री स्वराजलाई नेपाल पठाएको ज्ञवालीको भनाइ छ ।