आज विश्व खाद्य स्वच्छता दिवस ः खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आज विश्व खाद्य स्वच्छता दिवस ः खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ मनाईंदै

२०८२,२,२४

आज विश्व खाद्य स्वच्छता दिवस स् ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ आज मनाइँदै छ । सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गएको जेठ १८ गतेदेखि नै सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका दुई सय भन्दा धेरै रोग लाग्ने गरेको छ ।

हरेक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिसको खाद्य जनित रोगबाट ज्यान जाने गरेको छ । झाडापखालाबाट झन्डै ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम गर्न थालिएको थियो । २०६५ सालदेखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको छ । नेपालको संविधानले हरेक नेपालीका लागि खाद्यसम्बन्धी हकको सुनिश्चितता गरेको छ । सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरी त्यसैअनुसार काम हुँदै आएको छ ।

Leave a Reply