समृद्धि र विकासको यात्रामा विराम नलाग्ने प्रधानमन्त्री ओलीको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८१, शुक्रबार

समृद्धि र विकासको यात्रामा विराम नलाग्ने प्रधानमन्त्री ओलीको दावी

२०८१,१२,२९

समृद्धि र विकासको यात्रामा विराम नलाग्ने प्रधानमन्त्री ओलीले दावी गर्नुभएको छ । नेकपा एमालेको रुपेन्देही जिल्ला कमिटीले आयोजना गरेको जागरण सभामा उहाँले यस्तो बताउनुु भएको हो । सभामा उहाँले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट प्रतिक्रियावादी तर्सिएर एमाले विभाजन गर्न खोजेको आरोप समेत लगाउनुुभयो । कार्यक्रममा उहाँले एमाले सिध्याउछुु भन्ने तत्वहरु असफल भएको भन्दै समृद्धि र विकासमा विराम नलाग्ने दावी समेत गर्नुभयो । उहाले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले सबै प्रयास गरेको उल्लेख गर्नुभयो । कांग्रेस र एमालेले मुुलुुकलाई स्थायित्व दिन र देशमा परिवर्तनका लागि सरकार बनाएको स्पष्ट पार्नुुभयो ।
साथै कार्यक्रममा उहाले आधुुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि नलाग्न आग्रह समेत गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);