संसद ब्यूँताई पाँउ भन्नु र मरेकी आमा जिउँदो बनाई पाँंउ भन्नु एउटै हो : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

संसद ब्यूँताई पाँउ भन्नु र मरेकी आमा जिउँदो बनाई पाँंउ भन्नु एउटै हो : प्रधानमन्त्री ओली


काठमाडौं, १९ पुष । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विघटन भएको संसाद कुनै हालतमा नब्यूतने दावी गर्नुभएको छ । आफु निकट विद्यार्थी संगठनले आईतबार राजधानीमा आयोजना गरेको बृहत भेलालाई सवोधन गर्दै ओलीले यस्तो दावी गर्नुभएको हो।

‘‘ बिघटन भएको संसद कुनै हालतमा पुनस्र्थापना हुँदैन, बिघटित संसद बिउँताउ भन्नु र मरेकी आमा जिवित बनाउदेउ भन्ने कुरा उस्तौ हुन’ प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले परिचय पत्र देखाएर अनेरास्ववियु हु भन्ने अबस्था आउन नदिन समेत आग्रह गर्नुभयो। अनेरास्ववियुका बिद्यार्थी क्षेत्रीय, जातीय आधारमा नहोच्याउने उहाँले बताउनुभयो।

ओलीको महिलाको किडनी लगाएर दिमाग बिग्रयो भनेर आरोप लगाउने मानिसले आफु महिलाबाट जन्मेको भन्ने ख्याल नगरी होच्याएको उहाँले भन्नुभयो। त्यस्तो आरोप लगाएर महिलाको मानमर्दन गरेको उहाँले बताउनुभयो।

Leave a Reply

ताजा समाचार