“स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ बीमा दोकानले इन्स्योरेन्स कप फुटसल प्रतियोगिता आयोजना गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

“स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ बीमा दोकानले इन्स्योरेन्स कप फुटसल प्रतियोगिता आयोजना गर्दै

२०८१,१२,२२

काठमाडौं । बीमा दोकानले दोस्रो संस्करणको ‘इन्स्योरेन्स कप फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । “स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ बीमा दोकानले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । सो प्रतियोगिता नयाँ वर्ष २०८२ वैशाख ७ र ८ गते गरी आयोजना हुने दोकानले जनाएको छ ।
काठमाण्डौं कालोपुलस्थित धन्वन्तरिमा आयोजना हुने सो प्रतियोगितामा इन्स्योरेन्स कम्पनीहरूले मात्रै भाग लिन सकिने दोकानको भनाई छ । सो प्रतियोगितामा प्रथम हुने टोलीले पुरुले ३५ हजार पुरस्कार र द्वितीय हुनेले १५ हजार नगद रुपैँया पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सहयोग रहेको उक्त प्रतियोगितामा पेमेन्ट पार्टनर माईपे र फुड पार्टनरको रुपमा साकुरा फुड रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);