१२ दिन हिरासत राखेर अनुसन्धान गर्न दुुर्गा प्रसाईलाई काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई दियो अनुमति | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

१२ दिन हिरासत राखेर अनुसन्धान गर्न दुुर्गा प्रसाईलाई काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई दियो अनुमति

२०८१,१२,२९

१२ दिन हिरासत राखेर अनुसन्धान गर्न दुुर्गा प्रसाईलाई काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई दियो अनुमति दिएको छ । मेडिकल व्यावसायी दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईं तीनकुने घटनाका मुख्य नाइके हुन । उनीमाथि राज्य विरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। यसअघि सोही घटनामा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो।
भारतबाट पक्राउ परेका प्रसाईंलाई आज नै जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको हो ।

Leave a Reply

ताजा समाचार