फागुन १२ मंगलबार ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा अनेरास्ववियूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुतला दहन गरिएको छ ।
उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाइएको छ ।
सोमबार चैत ११ बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई जिम्मेवारीमुक्त गरिएको हो । विभिन्न क्षेत्रका व्यक्तिले उक्त निर्णयको विरोध गरेका छन् ।