२०८१,१२,११
हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । सन् २०२५ नाराको हामी सबै मिलेर क्षयरोग अन्त गर्न सम्भव छ भनेर विश्व समुदायलाई हौसला दिएको छ ।
क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र सङ्क्रमणका रूपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ । आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ । प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ ।
नेपालको क्षयरोगको तथ्याकं झन् भयावह रहेको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोगले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्याकं पनि देखिन्छ ।