काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज राजनीतिक भेटवार्तामा व्यस्त भएकी छन ।भारतीय विदेशमन्त्री स्वराजले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दै छिन ।
नेपाल आएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेटवार्ता सुरु गरेकी स्वराजले माओवादी अध्यक्ष दाहालसँगको वार्तापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । भेटवार्ता सकेर स्वराज आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।