२०८१,१२,६
नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्माले बुधवारको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।जरुरी सार्वजनिक महत्वको सूचना दर्ता गराउँदै सांसद डा। शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सबै नागरिकलाई समेट्न जरुरी रहेको बताएका छन। उनले कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावले सामान्य प्रकृतिका रोगहरुको कारणले नागरिकले अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुुन ।
प्रस्तावको समर्थन गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षाको हक आम नागरिकले पाउन नसकेको बताएका छन। उनले स्वास्थ्य मन्त्रालयले सचिव र सम्बन्धित मन्त्रालयका निकायहरुमा बिना कमिसनको नियुक्ति नहुने जिकिर गरे। कसलाई कुन मन्त्रालयको सचिव बनाउने निर्णय सरकारले नभई बिचौलियाले गर्ने गरेको उनको आरोप छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले संविधानले प्रत्याभूत गरेका आधारभूत सुविधाहर जनतालाई नदिएसम्म जनता र राज्यबीचको सम्बन्ध राम्रो नहुने बताएका छन। उनले राज्य र जनताको सम्बन्ध जोड्नको लागि सरकार जिम्मेवार हुनुपर्ने बताए। सरकारले स्वास्थ्य र शिक्षामा पर्याप्त खर्च नगरी समृद्धिको कुरा गर्नु बेकार हुने उनको भनाइ छ।
उनले स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि लगानी अभिवृद्धि गर्न जरुरी रहेको बताए। उनले जरुरी सार्वजनिक महत्वको सूचनालाई कार्यान्वयनमा लैजानसमेत आग्रह गरेका छन।