दलहरूप्रतिको वितृष्णा र असन्तुष्टि सडकमा पोखिए ,सांसद सार्की | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

दलहरूप्रतिको वितृष्णा र असन्तुष्टि सडकमा पोखिए ,सांसद सार्की

२०८१,१२,६

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सांसद का गोपीबहादुर सार्की आछामीले राजनीतिक दलहरुले जनताका समस्या सही रुपले सम्बोधन गर्न नसक्दा राजतन्त्रमा रुचि राख्नेहरुको भावना सडकमा पोखिएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राज्यको नेतृत्वले जनभावनालाई सम्बोधन गर्न नसक्दा जनताले राजनीतिक दलका नेताविरुद्ध सडकमा वितृष्णा र असन्तुष्टि पोखेको बताएका छन।

उनले पूर्वराजाप्रति जनताको कुनै आकर्षण नरहेको दाबी गरे। उनले राजतन्त्रको विरुद्धमा आन्दोलनमा सबै राजनीतक दलहरु एकताबद्ध भए पनि राजनीतिक परिवर्तनपछि देश र जनताको आवश्यकता र प्राथमिकताका मुद्दामा दलहरु एक हुन नसकेको स्वीकार गरेका छन।

नेताहरुका नजिकका व्यक्तिहरु तथा आफन्तहरुले मात्रै लोकतन्त्रको फाइदा उठाएको भन्ने जनतामा छाप परेको उनको भनाइ छ।

 

Leave a Reply

ताजा समाचार