ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणी: भिलेन सक्रिय भएन भने हिरो पनि सफल नहुन सक्छ | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणी: भिलेन सक्रिय भएन भने हिरो पनि सफल नहुन सक्छ

चैत ५ मंगलबार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको भिलेन भनेका छन्। सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भिलेन सक्रिय हुँदा हिरोलाई सम्पूर्ण तागत लगाएर परास्त गर्ने अवसर रहने बताएका छन ।

तत्कालीन राजा ज्ञानेन्द्र शाह सात राजनीतिक दल र नेताहरूलाई आत्मसमर्पण गरेर उनकै पछि लाग्छु भन्दा पनि लात्तीले नहानेको भए केही वर्ष टिक्न सक्ने उनको भनाइ छ। नेपाली जनता, राजनीतिक दल र नेताले उदारतापूर्वक चालेका कदमहरूमा संयमित रुपमा बस्नुको साटो दुस्साहस गर्न खोजेको भन्दै परिणाम गम्भीर हुनसक्ने चेतावनी पनि प्रचण्डले दिएका छन ।

Leave a Reply

ताजा समाचार