०८४ चुनावमा कांग्रेसको बहुमत नआए पनि सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ, शेरबहादुर देउवा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८३, आइतबार

०८४ चुनावमा कांग्रेसको बहुमत नआए पनि सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ, शेरबहादुर देउवा

२०८१,११,१९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिएका छन्। सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताए।

उनले पहिलेभन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए। नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन। सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताएका छन ।

 

Leave a Reply