प्रदेश नम्बर दुईमा प्रदेशसभा बैठकको तयारी तीव्र | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

प्रदेश नम्बर दुईमा प्रदेशसभा बैठकको तयारी तीव्र

जनकपुर, १८ माघ । माघ २१ गते बस्ने दुई नम्बर प्रदेशको प्रदेशसभा बैठकको आवश्यक तयारी तीव्र पारिएको छ ।

जनकपुरको जिल्ला शिक्षा कार्यालय हाता भित्र रहेको शैक्षिक तामिल केन्द्रमा पहिलो बैठक बस्ने गरि तयारी गरिएकोे हो । प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्नका लागिसमेत तयारी भइरहेको छ । प्रदेशसभाका लागि तालिम केन्द्रको भुइँतलामा सभाहल निर्माण भइरहेको छ । त्यसका लागि आवश्यक फर्निचर निर्माण, खरिद तथा भवनका सबै कोठामा धमाधम सरसफाई भइरहेको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले १९ माघमा सो भवन प्रदेश सभासचिवालयलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । शैक्षिक तालिम केन्द्रमा करिब ६० जना मजदुर दिनरात खटिएका छन् । प्रदेश व्यवस्थापिका र कार्यपालिकाका लागि छनोट गरिएको भवनहरूको मर्मतसम्भार, फर्निचर, लाइट तथा रङरोगनको लागि डिभिजन कार्यालयले ५५ करोड रुपैयाँ माग गरेको थियो ।

सरकारले पहिलो चरणमा ७ करोड ५० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । सरकारले थोरै बजेट पठाएकाले तत्काल त्यही रकमबाट आवश्यक कार्य गरिएको सहरी विकास भवन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले जानकारी दिए । जिल्ला सुरक्षा समितिले प्रदेशसभाका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २१ जना मर्यादापालक खटाउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);