काठमाडौं, १८ माघ । पार्टी एकताबारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको आज बैठक बस्दै छ । पार्टी एकता प्रक्रियाबारे छलफल गर्न आज अपरान्ह ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको हो । बैठक एमालेको संसदीय दलको कार्यालयमा बस्ने छ । आजको बैठकमा पार्टीको कार्यदिशा र पद बाँडफाँटबारे छलफल हुने नेताहरुले बताएको छन् ।
एकता संयोजन समितिको यसअघि बसेका बैठकमा पार्टीको कार्यदिशा र जिम्मेवारी बाँडफाँटबारे छलफल भएको थिएन । एकताको प्रक्रियामा रहेका एमाले र माओवादीले यसअघि राष्ट्रिय सभा सदस्य तथा प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा गरेका थिए ।