संसद् अधिवेशन पर्खनुस् भन्ने समय नभएपछि अध्यादेश ल्याइएको हो, प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

संसद् अधिवेशन पर्खनुस् भन्ने समय नभएपछि अध्यादेश ल्याइएको हो, प्रधानमन्त्री

२०८१,१०,१८

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दल मिलेर बनेको सरकारबाट धेरैले धरै अपेक्षा गरेकाले त्यसलाई पुरा गर्ने अभिप्रायका साथ अध्यादेश ल्याइएको स्पष्ट पारेका छन्। हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले गलत मनसायका साथ अध्यादेश नल्याइएको जिकिर गरे ।

ढिलासुस्ती र कानुनी उल्झका कारण जनताले पाइरहेका सास्तीलाई दूर गर्न अध्यादेश ल्याउनुपरेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले दुई ठूला दल मिलेपछि बनेको सरकारसँग सबैका ठूलै अपेक्षा रहेकाले त्यसलाई पुरा गर्ने उद्देश्यले अध्यादेश ल्याइएको उनले स्पष्ट पारे।

Leave a Reply