दुई नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय, निर्वाचन आयोगको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय, निर्वाचन आयोगको असन्तुष्टि

१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिकाबीच सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ ।

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिकाबीच सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ ।

विहिबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले दुई नम्बर प्रदेशमा स्थाानीय तहको निर्वाचन तेस्रो चरणमा असोज २ गते गर्ने निर्णय गरेको हो ।

सरकारले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको मिति पनि दुई पछि सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । निर्वाचन आयोगले असार २ गते स्थानीय तह दोस्रो चरणको निर्वाचनको उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । सरकारले सोही कार्यतालिका दुई पछि सारि ४ गते उम्मेदवार मनोनयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको हो । मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, ५ र ७ नम्बरमा भने आगामी असार १४ गते नै निर्वाचन हुने स्पष्ट पारेको छ ।

यसैबीच, निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयप्रति अहसहमति जनाएको छ । सरकारले तेस्रो चरणको निर्वाचनको मिति तय गर्ने विषयमा परामर्श गर्न बोलाएको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरुले असहमति जनाएका हुन् । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको कार्यतालिका २ दिन पछि सार्ने सरकारको निर्णयमा भने सहमति जनाएको छ ।

निर्वाचन आयोगले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न कठिनाई हुने उल्लेख गर्दै स्थानीय तहको निर्वाचन असार १४ गते नै सम्पन्न गर्न सरकारलाई सुझाव दिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);