२४ घण्टाभित्र हवाई भाडा दर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

२४ घण्टाभित्र हवाई भाडा दर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

२०८१,०८,०६
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन ।हवाई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाएर उनले वायुसेवा कम्पनीहरुलाई भाडा वृद्धिबारे पुनर्विचार गर्न निर्देशन पनि दिनुभएको छ ।

‘हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीलाई सहुलियत दिएका थियौँ । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ’, मन्त्री पाण्डेले भने ।नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले गरेको व्यवहारले आफू निकै दुःखी भएको उनको भनाइ छ ।

यसअघि हवाई सेवा कम्पनीले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश व्यक्त गरे ।मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए ।

२४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य उपलब्ध गराउन उनले निर्देशन दिएका हुन ।पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिनुभयो ।

मन्त्रालयका सचिव डा।गणेश पाण्डेयले यदि अहिले चलिरहेका हवाई कम्पनीले सरकारको निर्णय कार्यान्वयनमा अटेर गरेमा नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्ने चेतावनी दिएका छन।छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरेका छन ।

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत र विस्तारको लागि दैनिक १० घण्टा बन्द भएपछि उडान कटौती भएका छन् । यही मौका छोपेर एअरलाइन्सले तीन गुणासम्म भाडा बढाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);