वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कारबाट अधिवक्ता कमल प्रसाद इटनीलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कारबाट अधिवक्ता कमल प्रसाद इटनीलाई सम्मान

२०८१,८,६

वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कारबाट अधिवक्ता कमल प्रसाद इटनीलाई सम्मानगरिएको छ। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलए नेपालको ३५ औँ स्थापना दिवसको अवसरमा बुधवार आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो। इटनी लामो समयदेखि फौजदारी कानुनको अभ्यासरत छन्।

लामो समय कानुन र न्यायको क्षेत्रमा लागेका वरिष्ठ अधिवक्ता गौतमको २०७८ सालमा हृदयाघातबाट निधन भएको थियो। उनको कानुन र न्यायको क्षेत्रमा अतुलनीय लगाव रहेकाले उनका छोरा अधिवक्ता रामचन्द्र ९आरसी० गौतमले उनको स्मृतिमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए० को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गरेका हुन्।

५ लाख रुपैयाँ राशिको अक्षय कोष स्थापना गरी हरेक वर्ष फौजदारी कानुनको क्षेत्रमा क्रियाशील १ जना अधिवक्तालाई डिएलए मार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ।वरिष्ठ अधिवक्ता गौतम नेपालको फौजदारी कानुनमा रुचि राखेर आफ्नो जीवन वकालत क्षेत्रमा समर्पण गरेकाले उनको नाममा यो पुरस्कार स्थापना गरिएको छोरा अधिवक्ता रामचन्द्र आरसी गौतमले बताए।

यो पुरस्कार प्रदान गर्न डिएलएले प्राध्यापक रञ्जितभक्त प्रधानाङ्गको संयोजकत्वमा समिति गठन गरिएको थियो। वरिष्ठ अधिवक्ता गौतमलाई समग्र न्याय क्षेत्र तथा कर्णाली क्षेत्रको न्याय र कानुनका पथप्रदर्शकको रूपमा लिने गरिन्छ।

यस्तै कार्यक्रममा विस्डम ल एसोसिएट्स मध्यस्थ कानुन पुरस्कार वरिष्ठ अधिवक्ता शैलेन्द्र कुमार दाहाललाई प्रदान गरिएको छ। आफू अभ्यासरत रहेको सार्वजनिक खरिद र सो सम्बन्ध मध्यस्थता बिधिशास्त्रलाई सहयोग पुर्‍याउने उद्देश्यले यो पुरस्कार सुरु गरिएको अधिवक्ता किरण पौडेलले बताए।

Leave a Reply