पहिलो अभ्यास खेलमा नेपाल विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिलो अभ्यास खेलमा नेपाल विजयी

nepali cricket team

काठमाडौं, १७ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीस्वरूप हाल दुबईमा रहेको नेपाली राष्ट्रिय टोलीले आफ्नो पहिलो अभ्यास खेलमा जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले यूएई ए टोलीलाई २५ रनले पराजित गर्‍यो।आईसीसी ओभल एक क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय ४६ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा आएको यूएई ए टोलीले ४८.४ ओभरमा दुई सय २१ रन मात्रै जोड्न सकेपछि नेपाल विजयी बनेको हो।

नेपालको जितमा सुरुवाती ब्याट्सम्यान दिलीप नाथले ६० बलमा ६१ रनको विस्फोटक अर्धशतकीय पाली खेले। उनले आफ्नो पालीमा एक छक्का तथा नौ चौका प्रहार गरेका थिए। यस्तै रोहितकुमार पौडेलले ४३ रन जोड्दा करण केसीले १६ बलमै ३५ रन प्रहार गरेका थिए। करणले दुई छक्का तथा चार चौका प्रहार गर्दा रोहितले ६ चौका प्रहार गरेका थिए। यस्तै तेस्रो क्रममा क्रिजमा छिरेका अनिल शाहले ३१ रन जोड्दा वसन्त रेग्मीले २१ रन, कप्तान पारस खड्काले २० रन, उपकप्तान तथा सुरुवाती ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले १६ रन जोडेका थिए। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र शक्ति गौचन भने समान दुई \ दुई रनमा आउट भए।

बलिङतर्फ कप्तान पारस एक्लैले पाँच विकेट लिएपछि नेपालको जित सहज भएको थियो। यूएई ए टोलीका लागि नेइल लोबोले ५९ रन जोडेका थिए। यस्तै चिराग सुरीले ४५ रन, फहाद नवाले ३६ रन तथा अन्स टन्डन र वासी शाहले समान १७÷१७ रन जोडेका थिए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

९.४ ओभर बलिङ गरेका पारसले ३६ रन खर्चेर पाँच विकेट लिएका थिए। पारसबाहेक दीपेन्द्र सिंह ऐरीले तीन तथा करण केसी र ललित भण्डारीले एक \ एक विकेट लिएका थिए। यूएईको ए टोलीका लागि लक्ष्मण श्रीकुमारले तीन तथा मोहम्मद क्वासिम र कार्थिक मयाप्पनले दुई÷दुई विकेट लिएका थिए।आजको अन्नपुर्णपोष्टमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);