डिजेल र मट्टितेलको मूल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८१,०७,१६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एकरुपैयाँका दरले घटाइएको हो ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २५पैसा र डिजेलमा प्रतिलिटर १ रुपैंया ४ पैसा घटेर तथा मट्टितेलमा २ रुपैयाँ.२४पैसा हवाई इन्धनमा ३ रुपैंया २३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५ रुपैंया .७० पैसा बढेर आएको छ ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ। नयाँ परिवर्तन गरिएको नयाँ मूल्य आज बिहानदेखि लागु भएको निगमले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);