बढ्यो पेट्रोल डिजेलको मुल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बढ्यो पेट्रोल डिजेलको मुल्य

nepal-oil-nigam-

काठमाडौं, २४ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रेअरीमा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ । इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमको विज्ञप्तिमा भनिएको छ । १६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८ रुपैंया १० पैसा , डिजेलमा ७ रुपैंया ९८ पैसा , मट्टितेलमा ४ रुपैंया ६१ पैसा र हवाई इन्धनमा ७ रुपैंया ८ पैसा रुपैयाँ बढेर आएकाले भाउ बढाउनु परेको गर्नुपरेको निगमको तर्क छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);