एमालेको सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

एमालेको सचिवालय बैठक बस्दै

२०८१,७,४
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ।बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन्। बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन्।

यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झण्डै ११ रोपनी जग्गा दानका रुपमा लिएको छ। यसको पार्टीभित्रैबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ।

Leave a Reply