नयाँ पुस्तामा पुस्तकप्रतिको मोह घट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

नयाँ पुस्तामा पुस्तकप्रतिको मोह घट्दै

अप्सरा लामिछाने

काठमाडौँ, १६ माघ । पछिल्लो समय मोबाईल र इन्टरनेटका कारण नयाँ पुस्तामा पुस्तकप्रतिको मोह घट्दै गएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा पाठकको कम आगमनले यो कुरालाई पुष्टि गरेको शिक्षाविदहरुले बताएका छन् ।

२-३ वर्षअघिसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने पुस्तक प्रदर्शनीमा अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आउँथे । तर, त्यसयता भने पुस्तक प्रदर्शनीमा पाठकहरुको सहभागिता न्यून हुँदै गएको छ ।

त्यसको एउटा ज्वलन्त उदाहरण हो, हालै प्रतिष्ठानले आयोजना गरेको १ महिने पुस्तक प्रदर्शनीमा पाठकको आगमन । जहाँ प्रतिष्ठानले अपेक्षा गरेभन्दा निकै कम सहभागि आए । अहिलेको पुस्ता बढी मोबाईल तथा इन्टरनेटमा रमाउने हुँदा पुस्तक प्रतिको मोह घटेको देखिन्छ।

सुरुमा १५ दिनका लागि भनेर सुरु गरिएको प्रदर्शनीमा पाठकको सहभागिता निराशाजनक भएपछि प्रतिष्ठानले १५ दिन थप गर्यो । तर पनि अपेक्षा गरेजति पाठक आएनन् । प्रदर्शनीमा २०३० सालदेखि २०७४ माघको पहिलो सातासम्म प्रकाशित पुस्तकहरु, भाषा, साहित्य, जर्नल, समालोचना, शब्दकोष, संस्कृति, विज्ञानलगायतका झन्डै ४ सय बढी पुस्तक राखिएको छ । तर, पुस्तक प्रदर्शनीमा जति पुस्तक विक्रि भए, तीमध्ये बढी चाहिँ कला सस्कृतिसँग सम्बन्धित पुस्तक विक्रि भएका छन् ।

प्रदर्शनीमा ४ रुपैयाँ देखि १४ सय रुपैयाँसम्म मुल्य पर्ने पुस्तक राखिएको छ । नेपाली शब्दकोषमा १५ प्रतिशत, २०६७ साल सम्मका पुस्तकमा ६० प्रतिशत र २०६७ साल देखि हाल सम्मका पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । तर, विगतको तुलनामा पाठकको आगमन निकै कम भएकाले यसपटक पुस्तकको विक्रि पनि न्यून देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);