किन बिस्तारै हराउँदै छ किताब पढने संस्कृति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

किन बिस्तारै हराउँदै छ किताब पढने संस्कृति ?

kitab moha

काठमाडौं, ४ मंसिर ।  पछिल्लो समय मानिसहरुमा किताब पढने सस्कृति बिस्तारै हराउँदै गएको छ । अहिले मोबाइल, कम्प्युटर र इन्टरनेट जस्ता सामाजिक संजालका कारण मानिसले पढ्ने बानी घटाउँदै लगेको छ । आफ्नो जीवनसँग कुनै तादात्म्य नराख्ने पक्षमा बढदै गएको हाम्रो अध्ययन, चिन्तन र व्यक्तित्व विकासका धेरै आयाममा हामी पछि परिरहेका छौं र जीवन नै पछाडि पर्दै गइरहेको छ ।

अध्ययन, चिन्तन र ध्यान मानिसका लागि महत्वपूर्ण पक्ष हो । सफल मानिसको सफलताको रहस्य नै अध्ययन हो । तर पछिल्लो समय हामीमा पढने संस्कृति विस्तारै हराउँदै गएको देखिन्छ । मानिसले निरन्तर पढ्नुपर्छ । जसले जति बढि अध्ययन गर्यो उ त्यति नै माथि सफल भएका उदाहरण धेरै छन् । तर पछिल्लो समय ईन्टरनेट, समाजिक संजालमा मानिस धेरै रमाउन थालेका देखिन्छन ।

कामको समय भन्दा अरु समय मानिसले बढी सामाजिक संजालमा नै समय ब्यतित गरीरहेका छन । जसका कारण अध्ययन, चिन्तन र व्यक्तित्व विकासका धेरै आयाममा हामी पछि परिरहेका छौं ।

नेपाल प्रज्ञा प्रतिष्ठानले वर्षमा ४ पटकसम्म पुस्तक प्रदर्शनी गर्ने गरेको छ । तर यो प्रदर्शनीमा उपस्थित मानिसको चहलपहल हेर्दा नै लाग्छ की पछिल्लो समय मानिसमा पठन संस्कृति हराउदै गएको छ । केहि वर्ष अघि पुस्तक किन्नेको भिड देखिने प्रदर्शनीमा हिजोआज भने मानिसको संख्या न्यून देखिन्छ ।

इन्टरनेटमा हाम्रो जीवनका लागि उपयोगी सामाग्री नहुने हैन, तर आमा मानिसको रुची अनुत्पादक सामाग्रीतर्फ बढदै गईरहेको छ । यूवा पुस्तामा भने पठनमा भन्दा बढी सतहि कुरामा बढी ध्यान गएको सर्वसाधारण बताउँछन ।

अध्ययन नहुनुको कारण फालतु विषयमा अल्झीनु नै हो । जिवनमा जो पछि परिरहेका हुन्छन, उनीहरुपछि पर्नुको कारण अध्ययनको कमी हो । क्षमता भएपनि अध्यनका कमीका कारण सधै पछि परिन्छ । सफलता हासिल गर्नूको कारण हो अध्ययन र त्यसपछि मेहनत । केही सफलता अन्य कुराले पनि प्राप्त गर्न सकिन्छ तर अध्ययन र मेहनत बिना सफलता दीगो हुन सक्दैन । त्यसैले आफ्नो बचेको समय अध्यनमा लगाउन सरोकारवालाले जोड दिएका छन् ।